लण्डन । लन्डनस्थित नेपाली समुदायको कल्याणमा सक्रिय रोयल बरो अफ ग्रीनविच नेपाली सोसाइटीले कोरोनाभाइरस महामारीका कारण यहाँ रहेका नेपाली समुदायमा प्रभावितहरुलाई विशेष सहयोगात्मक अभियान चलाउने भएको छ । पिडित वर्गलाई औषधी वितरण तथा खोप उपलब्ध गराउनको लागि सहयोग तथा जनगणना जागरूकता सम्बन्धि अभियान चलाइने भएको हो ।
संस्थाका उपाध्यक्ष जित रानाभाटको संयोजनमा चलाइने उक्त अभियानको निरीक्षण तथा सल्लाहकार समितिमा संस्थाका अध्यक्ष शर्मिला हिराचन, स्वयंसेवक परिचालन समितिमा जीवन सेन, कोरोना बिरुद्दको खोप सम्बन्धि सल्लाह, सुझाव समितिमा रुद्र गौतम, संसाधन ब्यबस्थापन समितिमा सुशील प्रजापति र जनगणना तथा जागरूकता समितिमा पुण्य रेग्मीलाई संयोजकको जिम्मा दिइएको छ। अत्यन्त कमजोर अवस्थामा रहेका ५० परिवारलाई राहत स्वरुप भिटामिन सी भिटामिन डी, सिटामोल, फेस मास्क, ग्लोव्स जस्ता अति आवस्यक मेडिकल सामानहरु तुरुन्तै उपलब्ध गराइने बेलायतको नेपाली समुदायका कुशल कार्यक्रम सञ्चालक समेत मानिने अभियानका संयोजक जीत रानाभाटले बताए ।
कोरोना बिरुद्धको खोप सम्बन्धि सल्लाह, सुझाव, बुकिङ्ग, स्वयंसेवक परिचालन गर्न तथा महामारीको कारणले कठिन अवस्थामा रहेको परिवारलाई दैनिक रुपमा आवस्यक पर्ने उपभोग्य समानहरुको वितरण लगायतको कामहरु सुरु गरिने उनले बताए । यस अभियानको निर्णय गर्न विहिबार संस्थाले आकस्मिक बैठक डाँकेको थियो । भर्चुअल रुपमा गरिएको बैठकमा सस्थापक अध्यक्ष कुमार श्रेष्ठ, भाषा तथा संस्कृती विभागका संरक्षक एवं पूर्व अध्यक्ष हरि गोविन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, पुर्व प्रमुख सल्लाहकार एल एन पाण्डे , सल्लाहकार तथा एनआरएनए आइसीसी सदस्य अर्क राज तिम्सिना, सल्लाहकार तथा आइसीसी सदस्य सुरज मास्के, संस्थाका उपाध्यक्ष तथा आइसीसी सदस्य लिलादेवी गुरुङ, एनआरएनए युकेका महासचिव फडिन्द्र भट्टराई, एनआरएनए इंग्ल्यान्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेस्ठ, क्याट युकेका अध्यक्ष जीवन सेन, क्याट युकेका सल्लाहकार तथा बरिस्ठ समाजसेवी राजन सुबेदी, हंकंग नेपाली समाजका अध्यक्ष ह्यारी गुरुङ उपस्थित थिए ।
त्यसैगरी पचा पुची साउथ ईस्ट लन्डनका पुर्व अध्यक्ष सुशील प्रजापति, बुद्ध फाउन्डेसन युकेका सचिव सुरेन्द्र रुपाखेती, सल्लाहकार तथा पचा पुची साउथ ईस्ट लन्डनका अध्यक्ष माधव लाल श्रेस्ठ, सल्लाहकार तथा सोसाईटी अफ नेप्लिज प्रोफेसनल युकेका अध्यक्ष माधव पराजुली, पुर्व अध्यक्ष पुण्य राग्मी , सचिव दिलिप पौडेल, जीगेसाका महासचिव हरि कुमार मल्ल, पशुपति मन्दिर युकेकी सचिव कल्पना त्रिपाठी, सह(कोषाध्यक्ष श्रदा थापा, कल्चरल संयोजक अन्जना थापा, कार्यकारी सदस्यहरु अनिता केसी, रुद्र गौतम, खेम शर्मा, समाजसेवी दुर्गा पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
संस्थाकी अध्यक्ष शर्मिला हिराचनले बैठकमा सहभागीता जनाउने तथा अभियानमा सहयोगको प्रतिबद्धता गर्ने सबै अभियन्तालाई धन्यवाद दिदै तत्कालै संस्थाले चालेको अभियानमा साथ दिदै महामारी नियन्त्रणको अभियानमा एक जुट भएर सहयोग आग्रह गरिन् ।






