लण्डन । कोरोनाभारइस महामारीले यूरोपको सबैभन्दा बढी प्रभावित देश बनेको देश हो बेलायत । हाल यहाँ कोरोनाको तेस्रो लहर फैलिरहेको छ । सरकारले महामारी नियन्त्रणको निम्ती तेस्रो चरणको लकडाउन पनि घोषणा गरेको छ । लकडाउन कहिले अन्त्य हुनेहो भन्ने कुरा सरकारलाई पनि पत्तो छैन ।
संक्रमणको राँको बनेका यी तेह्र क्षेत्र
पछिल्लो तथ्याङ्क अनुसार यूकेका १३ क्षेत्रहरुमा कोरोनाको राँको दन्किरहेको छ ।
अन्य क्षेत्रमा कोरोना संक्रमण कम हुँदै गइरहेपनि यूकेका ३१५ स्थानीय क्षेत्रमध्ये १३ क्षेत्र बढी प्रभावित भइरहेका छन् । पब्लिक हेल्थ इङ्ल्याण्डको तथ्याङ्कअनुसार यूकेको ४ प्रतिशत क्षेत्रहरुमा संक्रमण दर बढिरहेको छ ।
बेसेटल, डर्बीसायर र फिल्डेमा गत हप्ता बढी संक्रमण देखिएको छ । जहाँ १ हजार मानिसहरुमध्ये १५० जनालाई कोरोना देखिएको छ ।बाँकी क्षेत्रहरु बोस्टन, वेकफिल्ड, ब्राडफोर्ड, साउथ डर्बीशायर, बार्नस्ले, रशक्लिफ, इस्ट नर्थहम्पटनशायरमा पनि संक्रमण बढीरहेको छ ।
जनवरी २४ सम्मका सात दिनसम्म लण्डनमा औसतमा १ लाख जनामा ४३५ जनालाई कोरोना संक्रमण देखिएको छ । यसअघि ६५८.७ जनालाई संक्रमण देखिएको थियो । त्यसैगरी वेस्ट मिडल्याण्डमा ४१५.८, योर्कशायर र द हम्बरमा २३०.२ जना संक्रमित थपिएका छन् ।
बसेटलमा ३७४.६, डर्बीशायर डेल्समा २७९.३, फिल्डेमा ३५४, बोस्टन २१३.८, वेकफिल्डमा २५४.९, ब्राडफोर्ड २९६.२, साउथ डर्बीशायरमा ३७४.८, बार्नस्लेमा २६३.७, रशक्लिफमा २७१, इस्ट नर्थहम्पटनशायरमा ३०६.८ संक्रमित थपिएका छन् ।
हाल यूकेमा ५५ जनामध्ये एकजनामा कोेरोनाभाइरस संक्रमण भएको आशंका गरिएको छ ।






