शिव भण्डारी,
लन्डन ।
बेलायतबाट संचालित चर्चित अनलाइन समाचार प्रोटल नेपालबृटेन डट कमका प्रधानसम्पादक चिरन शर्माको नाम वेवसाइटबाट एकाएक गायब भए पछि बेलायत स्थित नेपाली पत्रकारहरुले चासो ब्यक्त गर्न थालेका छन् । शर्मालाई अनलाइनको संचालनक समितिले हटाएको हो वा आफै राजिनामा दिएका हुन भन्ने प्रष्ट हुन सकेको छैन् ।
नेपाल पत्रकार महासंघ यूके शाखाका सदस्य राजकुमार थापाले आफ्नो फेसबुक टाइमलाइन मार्फत सम्पादक शर्मालाई हाटएको बताउदै श्रमजीबी पत्रकारको हालत कस्तो होला भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन नेपाल पत्रकार महासंघ युके शाखाका अध्यक्ष चिरन शर्मालाई नेपालबृटेन डट कमले आफ्नो सम्पादकीय टिमबाट हटाएछ शाखाको अध्यक्ष कै हालत यो छ भने अरु श्रमजीबी पत्रकारको हविगत के हुने होला ? उनले शर्मालाई हटाइएको बारेमा महासंघको कस्तो धारण आउला भनेर मनमा लागेको उल्लेख गरेका छन् । थापाको स्ट्याट्समा बरिष्ठउपाध्यक्ष नरेश खपांगी मगरले सर लाइक त हानिहालिएछ भन्दै छेड हानेको देखीन्छ । महासचिब श्याम लुइटेलले समेत चासो राख्दै थापालाई प्रतिउत्तर दिदैं भनेका छन पत्रकार महासंघ यूके सम्पादक पुर्नवाहालीका लागि जुनसुकै कार्यक्रम गर्न तयार रहेको जनाउ दिदैं बिधी र प्रकृयाको प्रसंग उठाएका छन् । पत्रकार नरेन्द्र बस्नेतले हैन कुरोको चुरो बुझिएन त हैं भन्दै हटाएको हो वा हटिएको हो भन्ने बारेमा शर्मालाई सुटुक्क प्रस्ट्याउन आग्रह गरेका छन् । अर्का पत्रकार सुजन पराजुलीले अर्को फोटो चेन्ज गर्न हो की भन्दै ब्यंग्य ठोकेका छन् । नागरिक राष्ट्रिय दैनिकका बेलायत संवादाता तथा नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष समेत रहेका शर्माले समेत थापाको स्ट्यटसलाई लाइक गरेका छन् । उनले यसअघि मिडिया हाउसमा सम्पादक आउने जानेक्रम सामान्य भएको प्रतिक्रिया दिएका थिए । नेपालबृटेन डक कम संचालक समितिले हाल सम्म कुनै प्रतिक्रिया दिएको छैन । संचालक समितिका अध्यक्ष चिरनजीबी ढकाल, डाइरेक्टर, कमल भण्डारी र सल्लाहाकार कुल आचार्य हाल नेपाल भ्रमणमा छन् ।







