मोदीलाई श्रीमतीको नाम लिएर तिखो हमला

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आन्ध्र प्रदेशको गुन्टुर राज्यका मुख्यमन्त्री चन्द्रबाबु नायडूलाई ‘लोकेशका पिता’ भनेर सम्बोधन गरेका थिए । यसको जवाफमा चन्द्रबाबु नायडूले मोदीलाई श्रीमतीको नाम लिएर तीखो हमला गरेका छन् ।

नायडूले मोदीलाई हमला गर्दै भने, ‘तपाईं आफ्नी श्रीमतीसँग अलग बस्नुहुन्छ । के परिवारको मूल्यप्रति तपाईंको कुनै सम्मान छ ?’ यति भन्दै गर्दा नायडूले आफ्नो परिवारलाई निकै माया गर्ने गरेको जानकारी पनि दिए ।

नायडूले भने, ‘प्रधानमन्त्रीको न त परिवार छ न नै कुनै छोरा । जब तपाईंले मलाई मेरो छोराको नाम लिएर हमला गर्नुभयो तब मैले तपाईंकी श्रीमतीबारे कुरा गरिरहेको छु । के मानिसहरुलाई थाहा छ, नरेन्द्र मोदीकी श्रीमती पनि छिन् । उनको नाम हो जसोदाबेन ।’

नायडूले यो कुरा विजयवाडाको एक जनसभामा सम्बोधित गर्दै भनेका हुन् ।

नायडूले मोदीमाथि देशलाई खाल्डोमा धकेलेको आरोप लगाएका थिए । आन्ध्र प्रदेशका मुख्यमन्त्रीले नोटबन्दीलाई एक पागलपूर्ण निर्णय बताएका थिए । यद्यपी, सुरुमा नायडूले यसको समर्थन गरेका थिए । त्यतिबेला उनी बीजेपीको नेतृत्व भएको गठबन्धन एनडीएको हिस्सा थिए ।

विजयवाडामा नायडूले भने, ‘तपाईंले एक हजारको नोट नष्ट गरिदिनुभयो र दुई हजारको नोट ल्याउनुभयो । के यसले भ्रष्टाचार निर्मुल होला ?’

मोदीको भ्रमण फ्लपः

नायडूले भने, ‘मोदीको आन्ध्र प्रदेशको भ्रमण पूर्ण रुपमा फ्लप भएको छ । बीजेपीले बुझ्नुपर्छ कि मानिसहरु –याली बहिष्कार गरेर आफ्नो रिस व्यक्त गरिरहेका छन् । तेलुगू भाषी जनता यसपटक धोका दिएका कारण बीजेपीलाई पाठ सिकाउनेछन् । प्रधानमन्त्री आफूलाई चिया बेच्ने मानिस भन्छन् तर उनको भाषा हेर्दा कसले उनलाई चिया बेच्ने भन्लान् ?’

नायडूका अनुसार प्रधानमन्त्रीले आफूलाई नीजि हमला गरेपछि आफूले पनि त्यसको जवाफ त्यसरी नै दिएको बताए । आन्ध्र प्रदेशका मुख्यमन्त्रीले भने, ‘म साधारणतया नीजि हमलाबाट बच्छु तर मोदीले मलाई यस्तो गर्न बाध्य बनाए । उनी तीन तलाक बिल ल्याएर सम्बन्धविच्छेद महिलाको मद्दत गर्ने कुरा गर्छन् तर उनकी श्रीमतीबारे कसैले प्रश्न सोधे उनले त्यसको केही जवाफ दिन सक्दैनन् ।’

मोदीले टीडीपीमा चन्द्रबाबु नायडूमाथि छोरा लोकेशलाई बढी महत्व दिएको आरोप लगाएका थिए । यसमा नायडूले भने, ‘मलाई लोकेशका पिता हुनुमा गर्व छ । मैले सधैं परिवारको मूल्यको समर्थन गरेको छु तर मोदीको त कुनै परिवार छैन त्यसकारण उनी यस्तो कुरा बुझ्न सक्दैनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *