राजपामा चुनावमा सहभागी हुने वातावरण बन्यो

;Qf?9 bn / /fhkfaLr 5nkmn k|wfgdGqL z]/axfb'/ b]pjf / g]skf -dfcf]jfbL s]Gb|_sf cWoIf k'iksdn bfxfn;lxt ;Qf?9 bn / /fhkfsf zLif{ g]tfx?aLr afn'jf6f/df z'qmaf/ 5nkmn x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपालको आग्रहमा सरकारले संविधान संशोधन विधयेक मंगलबार मतदानका लागि संसदमा पेस गर्ने भएको छ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राजपा शीर्ष नेताहरूबीच बालुवाटारमा भएको छलफलपछि सरकारले संशोधन प्रस्ताव अगाडि बढाउन लागेको हो। बैठकमा राजपा नेताहरूले पास फेल जे भएपनि सरकारले संशोधन विधयेक संसदमा पेस गर्न आग्रह गरेका थिए।

लामो समयसम्म राजपाले सरकारले जसरी पनि संशोधन पास गराउनै पर्ने माग गर्दै फेल हुने अवस्थामा प्रस्ताव अगाडि बढाउन नहुने अडान लिएको थियो।

तेस्रो चरणमा असोज २ गते २ नम्बर प्रदेशमा हुने चुनावमा भाग लिने मनस्थिति बनाएको राजपाले संशोधन प्रस्ताव मतदान लिएर टुंगो लगाउन चाहेको हो।

शुक्रबारको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजपाका नेता शरदसिंह भण्डारीले भने(यो एउटा गेम हो पास फेल जे पनि हुन सक्छ। पास हुन्छ भन्ने विश्वास छ। यदि कसैले अधिकारको यो लडाइँलाई फेल गराउँछ भने हामी त्यही मुद्दा लिएर जनतामा जान्छौं।