केसीले अनसन तोड्ने, विधेयक पुनर्लेखन

काठमाडौं– संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले अघिल्लो दिन गरेको संशोधन पुनर्लेखन गर्दै चिकित्सा शिक्षा विधेयक पारित गरेको छ।

शुक्रबारको समिति बैठकले उक्त निर्णय गरेको हो। यो निर्णयसँगै डा। गोविन्द केसीको अनसन तोड्ने बाटो खुलेको छ। केसी अनसनको आज १९ औं दिन हो।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार बिहानै बालुवाटार निवासमा भएको सहमतिअनुसार संशोधन पुनर्लेखन गरिएको हो। नयाँ विधेयकलाई अब संसदको पूर्ण बैठकमा निर्णयार्थ पेस गरिनेछ।

शिक्षामन्त्री गोपालमान श्रेष्ठले शुक्रबार बेलुकीसम्म डा। केसीको अनसन तोडिने समितिमा जानकारी दिए।

नयाँ विधेयकमा मुख्य तीन संशोधन गरिएका छन्।

पहिलो, मनसायपत्र लिइसकेका संस्थाका हकमा यो ऐन पारित भएपछि यसैमा तोकिएको मापदण्ड पूरा गरेको रहेछ भने सम्बन्धन दिन बाधा पुग्ने छैन भनी पुनर्लेखन गरिएको छ।