नायिका झरना बज्राचार्य पनि आमा बन्ने

jharana
मोडल तथा नायिका झरना बज्राचार्य पनि आमा बन्ने भएकी छिन् ।

केही दिन अगाडि पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू आमा बन्न लागेको भन्दै आफ्नो इन्स्ट्राग्राममा तस्बिर सार्वजनिक गरेकी थिइन् । नायिका बज्रचार्यले पनि आफ्नो इन्स्ट्राग्राममा आफनो तस्बिर सार्वजनिक गर्दै खुशी जनाएकी छिन् ।

भारतीय मुलका मलेसियन नागरिकसँग बिहे गरेकी उनले आफ्नो परिवारमा नयाँ सदस्यको आगमन हुन लागेको भन्दै खुशी व्यक्त गरेकी छिन् ।