नाकाबन्दी र आमहड्ताल फिर्ता

Morchaकाठमाडौं- पाँच महिनादेखि तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सोमबारदेखि औपचारिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

सोमबार तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा बसेको बैठकले आन्दोलन फिर्ता लिने निर्णय गरेको हो । साथै बैठकले अब राजधानी केन्द्रीत आन्दोलन गर्ने निर्णय समेत गरेको छ ।

वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्वारा प्राप्त सुझावलाई ध्यानमा राख्दै मोर्चाले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्ति अनुसार घोषित कार्यक्रममध्ये आमहडताल, नाका अवरोध र सरकारी कार्यालय बन्दका कार्यक्रम तत्कालका लागि स्थगन गरेको हो ।

press-release-1
press-release-2-768x917