एनआरएनद्वारा बारपाकमा पुर्ननिर्माणबारे छलफल

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको टोलीले आइतबार पहिलो भूकम्पको केन्द्रविन्दु रहेको गोरखाको बारपाक गाउँ पुगेर पुनःनिर्माणबारे स्थानीयबासीसँग छलफल गरेको छ ।
झण्डै १४ सय परिवार रहेको पर्यटकीय बारपाक गाउँ अहिले खण्डहर बनेको छ । अध्यक्ष घलेले त्यहाँका स्थानीयबासीसँग कसरी पुर्ननिर्माण गर्न सकिन्छ, उनीहरुको चाहना कस्तो गाउँ बनाउने छ लगायतका बिषयमा छलफल गर्नुभयो ।

स्थानीयबासीले आफुहरु बारपाकलाई पुननिर्माण गरेर नमुना गाउँ बनाउन चाहेकाले त्यहाँबाट बसाई सराई नगर्ने बताए । उनीहरुले भूकम्प प्रतिरोधी तर स्थानीयपन झल्किने घरहरु बनाउन चाहेको बताएका थिए । फेरि पनि बारपाकलाई पर्यटकीय गाउँ बनाउने र होमस्टे लगायतका सम्भावना खोजी गर्ने उनीहरुले बताए ।

source:online khaber