अाेबामाले गरे नेपालीमूलकी बालिकाको प्रशंसा

वाशिंगटन डिसी- अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको आर्लिंगटनमा मातापिताको साथ बस्दै आएकी नेपाली मूलकी एघार बर्षिय सोनी शुक्लालाई अमेरिकाका राष्ट्रपति बाराक अाेबा्माले पत्रको जवाफ फर्काउँदै प्रशंसा गरेका छन्। उनले कोसेली स्वरुप प्रशंसा पत्र पठाएका छन्। प्रथम महिला मिसल ओबामा तथा उनका दुई पुत्रीहरू तथा राष्ट्रपतिका दुई कुकुर सहितको दस्तखत गरेको पत्रमा राष्ट्रपतिले बालिकाको प्रशंसा गरेका हुन्।

उक्त पत्रमा राष्ट्रपतिले ५ कक्षामा अध्ययनरत सोनी शुक्लालाई उनले लेखेको पत्रको लागि धन्यबाद दिँदै प्रशंसा गर्दै अगाडी लेखेका छन्, ‘तिमि जस्ती युवाका कथा तथा कहानीले प्रत्येक दिन मलाई प्रोत्साहन गर्छl तिमीले मलाई आफ्नो जीवनको बारेमा बताएकोमा हर्षित छुl’
उक्त पत्रमा सोनी शुक्लालाई ओबामाले लेखेका छन्, ‘यदि तिमी शिक्षामा केन्द्रित हुन् चाहन्छौ भने तिमीले असीमितता प्राप्त गर्नेछौ। आगामी वर्षहरुमा पनि सदैब याद गर! यदि तिमी कडा मेहनत र ठूलो सपना देख्ने गर्छौ भने कुनै कुरा प्राप्ति गर्न कठिनाई हुँदैन।’
को हुन् सोनी शुक्ला ?
बाबु दिपक शुक्ला तथा माता बिनिता शुक्लाकी छोरी हुन् उनी। सोनी नेपालको बारा जिल्लाको कलैयामा जन्मिएकी हुन्। उनी १८ महिनामा अमेरिका आएकी हुन् l माता पिताकी जेठी सुपुत्री सोनी निकै मेधावी छात्रा हुन्। हाल ११ वर्षकी उनी भर्जिनियाको आर्लिंगटन क्याम्बल ईलेमेनट्री बिद्यालयमा ५ कक्षामा पढ्छिन|

source:thaja khaber