एप्पललाई उछिन्दै अल्फाबेट विश्व उत्कृष्ट

 

Alphabetसान फ्रान्सिस्को (क्यालिफोर्निया), १९ माघ । अमेरिकी कम्पनी अल्फाबेट इन्कर्पोरेटिड यस अघिको एप्पल कम्पनीको कीर्तिमानीलाई उछिन्दै विश्व उत्कृष्ट बन्न सफल भएको अल्फाबेटाले जनाएको छ ।

अल्फाबेटले आफ्नो पछिल्लो त्रैमासिक नाफा पाँच प्रतिशतले बढेको जनाउँदै वर्तमान अवस्थामा उक्त कम्पनीको मूल्य ५७८ अर्ब अमेरिकी डलर पुगेको बताएको छ ।

प्रतिद्वन्द्वी कम्पनी एप्पलको यो त्रैमासिक कारोबारपछि मूल्य ५३५ अर्ब अमेरिकी डलर कायमे छ ।

अल्फाबेटको कीर्तिमानीसँगै यसको सेयर मूल्यमा समेत वृद्धि भएको र यस कम्पनीका लगानीकर्ता पनि उत्साहित बनेका छन् ।

माइक्रोसफ्ट कम्पनीबाट सन् २०१० मा एप्पलले लिएको कीर्तिमानी छ वर्षको अन्तरालमै अल्फाबेटले कब्जा गर्न सफल हुनुमा अल्फाबेटको बजार व्यवस्थापन नै महत्वपूर्ण भएको जोस ओसलानका विशलेषक एड वार्ड जोन्सले बताए ।

माइक्रोसफ्टले पनि सन् २०१० को करिब दुई दशक अगाडि आईबीएम कम्पनीलाई उछिन्दै तत्कालीन समयमा कीर्तिमान कायम गरेको थियो ।