संविधानबाट संसद विघटन नगरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति जुटाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई नेतृत्व दिने निष्कर्ष निकालेको हो।आवश्यकताको सिद्धान्तअनुसार भोलि विहानसम्म कार्कीलाई सरकारको नेतृत्व दिने गरी नियुक्ति गरी सपथ खुवाइनेछ।
सहमतिअनुसार, सुशीला कार्कीको नेतृत्वमा बन्ने अन्तरिम सरकारले आगामी निर्वाचनको तयारी, शान्ति प्रक्रिया सम्बोधन तथा सामाजिक असन्तुष्टि व्यवस्थापनलाई प्राथमिकतामा राख्नेछ।
राजनीतिक स्थिरताप्रति बढ्दो जनचासोबीच कार्कीको नाम अन्तरिम सरकार प्रमुखका रूपमा टुंगो लाग्नु मुलुकको नयाँ राजनीतिक अध्याय सुरु हुने संकेतका रूपमा हेरिएको छ।






