भूकम्पले मानवीय र भौतिक क्षति मात्र पु¥याएको छैन । यसले समग्र व्यक्तिहरुमा मनोवैज्ञानिक त्रास पनि छोडेको छ । र, त्रासकाबीच नै सबैले शान्तिपूर्ण दैनिकी र जीवन खोज्दैछन् ।
भौतिक क्षति मापन गर्न सकिए पनि यसले दिएको पीडाको मात्रा तौलन सकिँदैन । प्रकोपले जुन कुनै उमेर समूहका व्यक्तिलाई पनि पीडा दिएको छ । बालबालिकाहरुमा यो समस्या अझ बढी देखिएको छ । भूकम्पको विपत्ति नबुझेका बालबालिकाहरु अहिले भूकम्प भन्ने वित्तिकै डराउन थालेका छन् । नेपाल बाल संगठन, नक्सालमा बस्दै आएका यी बालकबालिकाहरुमात्र नभई सबैतिर समस्या उस्तै छ । भूकम्पका कारण बाल गृह भत्किएपछि अहिले यी बालबालिकालाई शिक्षाका लागि खाद्यान्न कार्यक्रम रहेको छेउकै भवनमा राखिँदै आएको छ केहीलाई सिफलमा रहेको बालगृहको अर्को भवनमा सारिएको छ । देशभरका १० वटा केन्द्रमा २ सय ८० र नक्सालमा मात्र १ सय ४३ जना बालबालिका बस्दै आएका छन् । भूकम्पबाट भयभीत बालबालिकाको मनोविज्ञानप्रति संगठन भने सचेत देखिएको छ । बालबालिकालाई मनोवैज्ञिानिक असर नपरोस् भनेर संगठनले बालबालिकाको दैनिकीमा परिवर्तन ल्याएको संगठनकी परियोजना संयोजक अपरा थापा बताउनुहन्छ । थापाका अनुसार अहिले बालबालिकालाई अध्ययनभन्दा पनि अतिरिक्त क्रियाकलाप र परामर्शमा व्यस्त राखिने गरेको छ । भूकम्पबाट बालबालिकामा परेको असरलाई ख्याल गरी संगठनले अहिले केही भूकम्प पीडित बालबालिकालाई आश्रय पनि दिइरहेको छ । बालबालिको संरक्षण प्राथमिकता रहेको हुनाले भूकम्पका कारण अनाथ बन्न पुगेका बालबालिकालाई केही समयका लागि औपचारिकता बिना नै संगठनले आश्रय दिएको संगठनका उपाध्यक्ष तुलसीनारायण श्रेष्ठको भनाइ छ । भूकम्पको त्रासले सबैलाई सताएको छ । सबैले सुरक्षित र शान्त जीवनको कामना गरिरहेका छन् । प्रकोेपको समय पुरानो बन्दै गए पनि यसले दिएका पीडाहरु पुराना हुँदैनन् । भूकम्प गएको दुई साताभन्दा बढी भए पनि त्रास कम हुन सकेको छैन ।
भूकम्प संगै बलियो मन






