काठमाडौं । मुलुकमा हालै गएका भूकम्पबाट पीडित भएकाहरुका लागि निकै सहयोग गर्दै आएको भारतले सोमबार फेरि १७ ट्रक राहत सामाग्री गृहमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गरेको छ ।
भूकम्प गएलगत्तै राहत र उद्धार कार्यमा सहभागी भएको भारतले राहत सहयोगलाई निरन्तरता दिएको हो । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सोमबार १७ ट्रक राहत सामाग्री नेपालका गृहमन्त्री वामदेव गौतमलाई हस्तान्तरण गरेका हुन् । काठमाडौंको बग्गीखानामा आयोजित एक कार्यक्रमकाबीच राजदूत रेले एक ट्रक सोलार वत्ती(एक हजार पीस), पाँच ट्रक त्रिपाल (११ हजार ७ सय ८० थान), १० ट्रक नेप्कीन र एक ट्रक क्लोरिन वाटर गृहमन्त्री गौतमलाई हस्तान्तरण गरेका हुन् ।
भारतले १७ ट्रक राहत सामाग्री गृहमन्त्री गौतमलाई बुझायो






