कान्छी सभाषद्को माया : हजारबार राजकिशोरकी श्रीमति

काठमाडौं, २२ माघ । संविधानसभाको कान्छी सभासद् सरिता कुमारी यादवले पुर्व मन्त्री समेत रहेका राजकिशोर यादवसँग आफ्नो सम्वन्ध विग्रीएको हल्ला निराधार sarita yadav (1)रहेको बताएकी छिन् । ‘केही दिनअघि हाम्रो वीचमा मनमुटाव रहेका समाचारहरु पढ्दा दुःख लाग्यो,किनकी ति समाचारहरु गलत थिए ।’
परिवर्तनकारी शक्तिहरुले गठन गरेको मोर्चाका बैठक र छलफलका साथै पार्टी निमार्णका लागी पनि आफु अहोरात्र खटिरहेको भन्दै सरिताले भनिन् ‘हामी श्रीमान् श्रीमतीबीचको सम्बन्ध यति धेरै सुमधुर छ भनेर कसरी प्रमाणित गरौं ? हामीभित्र कुनै समस्या छैन, त्यसैले बाँकी अरूलाई स्पष्टीकरण दिन आवश्यक ठान्दिनँ ।’ यादवले भनिन् ‘म राजकिशोरालाई कत्ति माया गर्छु भन्नेकुरा दुनियाँलाई थाहा हुँदैन त्यो हामी दुईलाई मात्रै थाहा छ ।’
आफ्नै श्रीमानका विरुद्ध राजनितीक संघर्ष थालेको प्रसंगमा यादवले भनिन् ‘ पार्टी सञ्चालनदेखि परिवार सञ्चालनमा समेत मेरो उहासँग कुनै असहमती छैन ।’ आफुहरुको वीचमा पहिले जस्तै निकट सम्बन्ध र झाँगिसकेको मायामा आफु अडिग रहने भन्दै यादवले भनिन् ‘मलाई यहाँ पु¥याएको श्रीमानले हो,अनि उँहाकै मन दुःखाएर म कसरी अगाडि बढ्न सक्छु ?’

संविधानसभाको सदस्य बनेपछि परिवारमा दिने समयमा भने केही असर परेको स्विकार्दै उनले भनिन् ‘ भरसक परिवारलाई विशेष ध्यान दिएर काम गरिरहेकी छु, मेरो लागि जत्ति देश प्यारो छ, उत्तिकै परिवार पनि प्यारो छ ।’ यादवले आफु राजकिशोरसँगको सम्वन्धमा औधि खुसी भएको भन्दै हजारबार उनकै श्रीमतीको रुपमा बाँच्न चाहेको बताइन् । – श्रोत रातोपाटी .