मानिसहरुको मान्यता अनि विश्वास पनि कति अनौठो अनौठो प्रकारको हुने गर्छ , त्यो त तपाईहरुले थाहा पाई सक्नु भएको छ । यस्तै केही अनौठो अनि विचित्र प्रकारको खबर आज पनि पस्कने हाम्रो प्रयास छ ।

साउथ अफ्रिकाको इथोपिया र सोमालियाको बिचमा एक बोराना जनजातिको बसोबास छ । यस जनजातिको मान्यता यस्तो छ सायद तपाई दंग नै पर्नु हुन्छ होला । डेली मेलको खबर अनुसार यस बोराना जनजातिमा महिलाहरु विवाह हुनु भन्दा पहिले टाउकोको एक ठुलो भाग खौरीनुपर्ने हुन्छ । 

जुन एक कचौराकै जस्तो आराको हुनुपर्ने अनिवार्य छ । त्यो शिरको बिच भागमा नै । यसो गरेमा राम्रो अनि असल श्रीमान पाउने बोराना समुदायमा मान्यता छ । त्यस समुदायमा महिलालाई आफ्नो कपाल सजाउन या सिंगार्न त्यति खेर मौका मिल्छ, जुन समय उसको विवाह हुन्छ ।
विवाहित महिलाहरु आफ्नो कपाललाई नरम र चमकदार बनाई राख्न कपालमा उनीहरु घिउ लगाउने गर्छन् । अर्को तर्फ जुन पुरुषले आफ्नो कपाल लामो बनाउन सक्छन्, त्यस गाउँमा त्यही पुरुषलाई भाग्यमानी मानिन्छ ।

हेर्दा उनीहरु महिला जस्तो देखिएपनि गाउँमा लामो कपाल हुने पुरुषहरुलाई इज्जतको नजरबाट हेरिने गरिन्छ। सुन्दा तपाईलाई अचम्म लाग्छ होला तर यस समुदायका फोटो खिच्नुलाई राम्रो मानिदैन । फाटो खिचेमा शरीरको रगतमा कमी आउने उनीहरुको विश्वास छ । ( एजेन्सीको सहयोमगा )






