दशरथचन्दका मेयरलाई काम गर्न अदालतले रोक लगायो

बैतडी– दशरथ चन्द नगरपालिका बैतडीका मेयर नरेन्द्र सिंह थापा (नेपाली कांग्रेस)लाई मेयरको रुपमा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालको एकल इजलासले सो आदेश दिएको हो ।

मतगणना परिणाम बदर गरी फेरि मतगणना गराउन माग गर्दै राप्रपाका मेयरका उम्मेदवार पुष्करराज जोशीले रिट दायर गरेका थिए ।

६२ मतअन्तरले कांग्रेसका नरेन्द्रसिंह थापासँग पराजित भएका जोशीले गणनामा धाँधली भएको दाबी गर्दै आएका छन् ।

अब अर्को आदेश नहुँदासम्म थापाले मेयरका रुपमा कामकारबाही गर्न पाउने छैनन् ।