कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै बुटवल उपमहानगरमा एमाले विजयी

रुपन्देही– स्थानीय तह निर्वाचन अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमालेले जित हासिल गरेको हो ।

बुटवल उपमहानगरको मेयरमा एमालेका शिवराज सुवेदी २३ हजार २ सय ४९ मत प्राप्त गरी मेयरमा विजयी भएका छन् । काँग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरे ।

उपमेयरमा पनि एमालेले नै जित हासिल गरेको छ । उपमेयरम एमालेकी उम्मेदवार गोमा आचार्य २५ हजार ३ सय १ मत प्राप्त गरी विजयी भइन् ।

काँग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरे । कांग्रेस र माओवादी गठबन्धनबाट माओवादी केन्द्रका उपमेयरका उम्मेदवार जगतबहादुर पोखरेलले १४ हजार ४९२ मत प्राप्त गरेका छन् । वडा तहमा पनि बहुमत स्थानमा एमाले विजयी भएको छ ।

बुटवलमा कांग्रेस माओवादी गठबन्धनमा कांग्रेसले मेयर र माओवादीले उपमेयरको उम्मेदवारी दिएको थियो । पहिलो चरणको निर्वाचनमा पनि कांग्रेस–माओवादी गठबन्धनलाई हराउँदै पोखरा–लेखनाथ महानगरपालिकासहित विभिन्न ठाउँमा एमालेले जित हासिल गरेको थियो ।

दोस्रो चरणको निर्वाचनमा एमालले दोस्रो उपमहानगरपालिमा जित हासिल गरेको हो । दोस्रो चरणमै भएको निर्वाचन अन्तर्गत दाङको घोराही उपमहानगरपालिकामा पनि एमालेले जित निकालेको थियो ।