पथरीशनिश्चरे नगरपालिकामा एमाले विजयी

उर्लाबारी– मोरङको पथरीशनिश्चरे नगरपालिकाको प्रमुख तथा उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ ।

अन्तिम मत परिणामअनुसार नपाको प्रमुखमा एमालेका दिलीपकुमार राईले नौ हजार ८७ मत ल्याएर विजयी भएको हो । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गणेशकुमार खड्काले सात हजार २२४ मत ल्याए ।

यस्तै उपप्रमुखमा पनि एमालेकै यमुना विष्ट नौ हजार ९२६ मत ल्याएर विजयी भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी प्रेमला राईले सात हजार ३४४ मत ल्याउनुभयो । सो नगरका जम्मा १० वडामध्ये एमालेले ५ वडाध्यक्ष, काँग्रेसले तीन, माओवादीले एक जित्नुका साथै पथरीशनिश्चरे– ६ बाट स्वतन्त्र उम्मेदवार जयबहादुर तामाङ विजयी भए ।