लण्डन । गत बर्ष भन्दा यो बर्ष धेरै गायक गायीकाहरुले तीज गीतमा पुरानो लयलाई प्राथमिकता दिएका छन् । हरितालिका तीज आउन अझै करिब २ महिना बाँकी रहे पनि तीज गीत बजारमा सार्बजनिक हुन थलिसकेका छ्न् ।
लोक दोहोरी गायिका मन्जु पौडेल को पछिल्लो तीज गित “मेरा बूडा झर्के “बजारमा आएको छ । संगीत क्षेत्रका अब्बल दुई श्रष्टा मन्जु पौडेल र राम प्रसाद खनाल को स्वरमा सजिएको यो गीत अन्य भन्दा केही फरक भएको गायिका पौडेलले बताईन् ।
राम प्रसाद खनाल को लय / शब्द रहेको उक्त गीत मा सुमधुर आवाजका धनि गायिका मन्जु पौडेलले साथ दिएकी हुन् ।
गीतको भिडियोमा किरण केसी ,हाँस्य कलाकार शिवहरी पौडेल र मनोज आचार्य, यसै गरी दीपा श्री नीरौला ,अनुशा पौडेल, रितु कंडेल ,सुस्मा खनाल , शंकर बि .सि .ले अभिनय् गरेका छन् ।
राजेश घिमिरेको छायाँकन रहेको गीतको सम्पादन नबिन घर्ति मगर ले गरेका छन् । म्युजिक भिडियोलाई शंकर .बि सि. ले निर्देशन गरेका हुन ।
गायिका पौडेलले यसपटक पनि गाउँका दिदीबहिनी र आमाहरूले गाउँदै आएका भाका टिपेर उनले मौलिक स्वाद दिने प्रयत्न गरेको दाबी गरिन् । ‘सानैदेखि आमाले तीज गीत गाउनुहुन्थ्यो,’ उनले भनिन्, ‘उहाँकै प्रभावले होला तीज आउन थालेपछि त्यसै उत्साहित हुन्छु ।’
त्यसै गरि गायक राम प्रसाद खनालले भने – एउटा मौलिक तीज गीत । म बच्चा हुँदा आमा हजुर आमाहरुले गाउने पुरानो भाखामा यस पटक श्रीमान श्रीमतीको ट्र्याकमा तीजको दोहोरी गीत बनाएको छु । जुन भाखा मैले आज भन्दा २० बर्ष अगाडि नेपाल टेलिभिजन र रेडियो नेपालमा समेत गाइसकेको थिएँ । मौलिक तीज गीत बनोस, लोक सँस्कृती बँचोस् भन्ने अभिप्रायले यो मौलिक भाखा मैले २० बर्ष पछी पुन प्रयोग गरी नयाँ ढंग बाट तीजको दोहोरी को रुपमा प्रस्तुत गरेको छु ।






