‘गर्मी भए पातैले हम्कीम्ला’ भन्दै अाइन् देवीका (भिडियो)

लण्डन । लोक दोहोरी गायिका देवीका के . सि को पछिल्लो तीज गित “नैना र रेशम ” बजारमा आएको छ । संगीत क्षेत्रका अब्बल दुई श्रष्टा देविका केसी र सन्दिप न्यौपाने को स्वरमा सजिएको यो गीतलाई दर्शकले निकै मन पराएका छन् ।

नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायिका देवीका के . सि यस पटक भने हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा गायिका के .सि तीज गीतमा ब्यस्त देखिएकी छीन् ।

IMG_1718

हरेक दिन स्टुडियो र स्टेज कार्यक्रममा व्यस्त रहने देवीका के . सि ले यसभन्दा अगाडी ‘काठमाडौं मा घर छ ‘ ‘लास्टै टेन्सन भो ‘ ‘बाजी ठोकौ आउ ‘ लगायतका गितमा स्वर दिएर लाखौ दर्शक श्रोतको मनमा बस्न सफल नेपाली लोक दोहोरी क्षेत्रकी खम्बा बनेर बसेकी देवीकाका लाखौ दर्शक श्रोताले यो गितबाट भरपुर मनोरञ्जन लिएका छन् ।

उक्त गीतमा सुमधुर आवाजका धनि गायिका देवीका के . सि र गायक सन्दिप न्यौपानेको आवाज रहेको छ भने टुरिष्ट जंग बिष्ट बिकले शब्द लेखेका छन् । यस्तै गरि करण न्यौपानेले लय भरेका छन् ।

IMG_1721

दुर्गा पौडेलको छायाँकन रहेको गीतको सम्पादन मनोज कार्कीले गरेका छन् । म्युजिक भिडियोलाई बब्बु थापाले निर्देशन गरेका हुन ।