साउदीबाटै साहित्य र सङ्गीत तिर लम्किदै छन् दिपेन्द्र

dip

साउदी । बैदेशिक रोजगारमा रहेका नब गीतकार दिपेन्द्र खड्काले साउदीमा बसेर नै साहित्य र गित सङ्गीत तिर लम्किएका छन् ।

गितकार खड्काले थुप्रै गितहरु लेखिसकेका छन् उहाले गित साथ साथै उपन्यास, गजल , कथा, गीतिकथा, प्रेम कथा, र नाटक समेत लेख्न पछि नपरेका खड्काले नेपाली आधुनिक एल्बम ” दीप ” तयार पनि गरिसकेका छन ।

यो एल्बममा वरिष्ठ संगीतकार बी. बी. अनुरागीको एकल संगीत र लय रहेको छ ३ वटा गित समाबेश गीति संग्रहमा चर्चीत गायक गायिका मिलन अमात्य, अर्जुन सुनाम, बी. बी. अनुरागी र चन्दा देवीको स्वर रहेको छ ।

दुई वटा गीतको म्युजिक भिडियो पनि तयार हुदैछन । जसमा गित ” तिमी मेरो जिबनमा आयौ “को भिडियोमा अहिले कि चर्चित मोडेल आशा खड्का र नया अनुहार क्रीष शर्माले अभिनय गरेका छन् , अर्को गित ” कल्पनामा डुबी हेर ” यो गीतको पनि भिडियो तयार हुदैछ । यो गीतमा नृत्यमा चर्चित मानिने मनिष श्रेष्ठले अभिनय गरेका छन भने निर्देशकमा डी.बी. लोहनी रहेका छन् । साथै अर्को एल्बम ” दिलकी रानी ” मा संगीत र स्वर गोविन्द मधुर आचार्यको रहेको छ यो एल्बमको गित ” तिमीलाई माया गर्नु मेरो भुल हो भने – दुख पर्दा साथ दिनु यदि पाप हो भने ” को भिडियो छायांकन अमेरिका कार्यरत नेपाली मुलका स्थापित कलाकार केदार उप्रेतीले अमेरिकामा नै छायांकन गर्नु हुदैछ यो दुई वटा एल्बमको सल्लहाकार र निर्माता गितकार खड्काका जिबन संगिनी रेखा तुम्सा खड्काले गर्नु भएको छ ।

सोहि एल्बम दिलकी रानीको फिमेल स्वर सुरिली स्वरकी धनि गायीका श्रेयाशी चेम्जोङ्ग चाडै फाइनल हुदैछ । यो एल्बम लगायत तयारीका केहि गीतहरु जस्तै ;- झझल्कोमा किन आउछौ मेरो आत्मा जलाउन ” – यो गीतमा संगीत सी. डी. विजय अधिकारी र स्वर प्रमोद खरेल , ” जुन जस्तो मुहार तिम्रो न लुकाउन ” – संगीत र स्वर – मन ताबेबुंग , म त तिमी जस्तो होइन,,संगीत र स्वर – संजिव धिमालको रहनेछ आधुनिक गित तर्फ भने र लोकगीत तर्फ – ” छुपु र छुपु धानै र रोप्नु ” मा संगीत – राज खड्का स्वर राज खड्का र सुमिना लामा र अर्को लोकगीत हे,,हे,,कान्छी तिम्रो मुहार हसिलो , बोलि सुन्छु के साह्रो रसिलो ” संगीत र लय बी. बी. अनुरागीको रहनेछ ।

सबै गीतहरु चाडै नै दर्शक श्रोतामाझ आउने जानकारी साउदी अरेबियामा रहेका गितकार दिपेन्द्र खड्काले पर्देशी खबरलाई बताउनु भएको छ । साथै पर्देशी खबर मार्फत सबै दर्शक श्रोतालाई प्रतीक्षा गर्नु हुन आग्रह गरेका छन ।

मोरंग जिल्ला टाँडी घर भई गितकार खड्का बिगत लामो समय देखि साउदी अरबमा कार्यरत छन । खड्काले यस अघि दुइवटा गजल संग्रह “तिम्रो सम्झनामा” र “क्षितिजपारी” प्रकाशितको तयारी गरि सकेका छन ।

हेर्नुहोस भिडियो:

https://youtu.be/dV7hVoesWKM

https://youtu.be/nCmJZ9IzxsY

dip1