राष्ट्रिय सहमतिको सरकार गठनका लागि तयार छु : प्रधानमन्त्री

Prime minister KP Sharma Oli speaks on the occassion of 12th Jyapu Diwas organised by Jyapu Cultural Development Fund in Capital on Friday, December 25, 2015. Photo: RSS

विराटनगर- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आफू सधैं तयार रहेको बताएका छन् ।

शनिबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिलेको अवस्थामा आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि आफू मन्त्रिपरिषद् विस्तार गर्न तयार रहेको बताए ।

संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संघीयताको सीमांकन मधेसी दलहरुले भनेअनुसारभन्दा पनि जनभावनाअनुसार हुने स्पस्ट पारे ।

उनले आफ्नो भारत भ्रमणअघि नै सीमांकनको विषयमा देखिएका समस्या समाधान गर्ने जानकारीसमेत दिए