यस्तो छ क्यान्सर जितेकी मनिषा कोइरालाको ‘गेम’ लुक्स

नेपाली नारी मनिषा कोईराला बलिउडमा राम्रै परिचित नाम हो । क्यान्सर भएपछी उपचार सकाएर घर फर्केपश्चात विश्राममा रहेकी मनिषा दुई वर्षको अन्तरालपछि तमिल तथा कन्नड भाषामा निर्माण भइरहेको फिल्म ‘गेम’ बाट अभिनयमा फर्किएकी छन् ।  यो कुराको पुष्टी उनले आफ्नो ट्विटर अकाउन्टबाट गरेकी हुन् ।

‘गेम’ को छायाँकनको पहिलो दिन नै मनिषाले आफ्नो ‘लुक’ समेत पोस्ट गरेकी हुन् । फोटो अपलोड गर्दै मनिषाले पहिलो दिनको सुटिङले फिल्ममा बिताएका पुराना दिनहरुको सम्झना गराएको कुरा ट्वीट गरेकी छन । ए.एम.आर रमेशको निर्देशन रहने फिल्ममा मनिषासँगै अर्जुन सर्जा एवम् सामको पनि अभिनय रहनेछ ।

नेपाली व्यावसायी सम्राट दाहालसँगैको असफल वैवाहिक जीवन र पाठेघरको क्यान्सरका कारण नेपाली चेली अभिनयबाट टाढिएकी थिइन् । एक समयकी बलिउडकी ‘टप एक्ट्रेस’ केही महिना अघि मात्रै अभिनयबाट सन्यास लिने, नलिने बारे सोच्दै गरेको बताएकी थिइन् । यो फिल्म ‘मर्डर मिस्ट्री’ मा आधारित हुने बताइएको छ ।