लण्डन । नेपाली सांगीतिक यात्रामा एउटा छुट्टै पहिचान बनाएका चर्चित गायक अशोक भट्टराईले नयाँ पञ्चे बाजा गीत “जोडौ भो घरवार” सार्वजनिक गरेका छन ।
उक्त गीतमा अशोक र सन्ध्या बुढाको स्वर रहेको छ भने महेन्द्र अधिकारीको लय /शब्द रहेको छ । भिडियोलाई सुनिता तिवारीले निर्देश्न गरेकी छन् भने छायांकन टिका अधिकारीले गरेका छन् ।
बेलायतमा रहेर पनि देशको कला ,संस्कृतिप्रति लगाव राख्नु आफैमा महत्वपूर्ण कुरा हो । “जोडौ भो घरवार ” यस गीतमा छुट्टै मिठास भएको धारणा राख्छन् अशोक ।
उक्त गीतको भिडियो बेलायतको बिर्मिन्ग्हम मा छायांकन गरिएको हो ।






