नेपालकै सर्वाधिक चर्चित सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल २०१५’ शनिबारका लागि सरेको छ । यो प्रतियोगीताको आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले आज राष्ट्रिय शोक परेकाले भोलीका लागि फाइनल कार्यक्रम सारेको जनाएको छ ।
यो बर्षको मिस नेपालमा १९ जना प्रतिस्पर्धी सहभागी छन् । शनिबार बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना हुने विशेष कार्यक्रमबाट नेपालले नयाँ मिस नेपाल पाउनेछ ।
यो बर्षको ‘मिस नेपाल’मा सहभागी हुने अन्तिम प्रतिस्पर्धीहरु यस्ता छन् ।























