प्रधानमन्त्री चयन प्रक्रिया आजबाट

काठामाडौं– आजबाट प्रधानमन्त्री चयनको प्रकृया सुरु हुने भएको छ ।

जेठ ९ गते पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो ।

निर्वाचनका लागि कार्यतालिका तय गर्न व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनमा बस्ने समितिको बैठकमा परामर्शपछि सभामुख ओनसरी घर्तीले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउने बताइएको छ ।

प्रधानमन्त्री चयनका लागि शनिबार निर्वाचन प्रक्रिया सुरु गर्न सभामुख घर्तीले बैठकमा प्रस्ताव गर्ने तयारी गरेको बुझिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि प्रधानमन्त्री चयनमा अन्यौल देखिदै आएको छ ।