युवा पत्रकार सूर्यकुमार क्षेत्रीको निधन भएको छ ।
ब्रेन ट्युमर भएपछि डेढ वर्षदेखि उपचाररत क्षेत्रीको बिहीबार राति सवा ९ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको नेपाल प्रेस युनियनका महाचिव अजयबाबु सिवाकोटीले जानकारी दिए ।
०७१ मंसिरमा ब्रेन ट्युमर देखिएपछि क्षेत्रीको नेपाल र भारतमा उपचार भएको थियो । सिवकोटीका अनुसार पछिल्लो केही महिनादेखि समस्या बल्झिएपछि उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।
स्याङजा निवासी क्षेत्रीका श्रीमती र एक नाबालक छोरा छन् । आमा बुवा गृहजिल्ला स्याङजामै बस्दै आएका छन् ।






