स्थानीय निकायको निर्वाचनमा लाग्नुहोस्: सभापति देउवा

g]kfnL sfFu|]; c5fd sf7df8f}F ;Dks{ ;ldltn] ;f]daf/ cfof]hgf u/]sf] bz}F lbkfjnLsf] z'esfdgf tyf ;Ddfg ;d/f]xsff cj;/df c5fd If]qsf] ljsf; / lj:tf/df of]ubfg k'¥ofpg' x'g] k"j{ ue{g/ 8f ltns /fjnnfO{ ;Ddfg ub}{ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

नेपाली काँग्रेस अछाम–काठमाडौँ सम्पर्क समितिले यहाँ आज आयोजना गरेको ‘दसैँ, दीपावलीको शुभकामना तथा सम्मान’ कार्यक्रममा उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्नु आवश्यक भएकाले नेता तथा कार्यकर्तालाई निर्वाचनमा लाग्न निर्देशन दिनुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले इलाकालाई आधार मानेर निर्वाचन गराउँदा कम विवाद हुने भएकाले यसमा राजनीतिक दलबीच छलफल भइरहेको छ भन्दै “संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी छ, त्यसैले तपाईहरु निर्वाचनमा लाग्नुहोस् ।”

पार्टीलाई स्थानीय निकायको निर्वाचनमा विजयी गराउनका लागि पार्टीभित्र सशक्त एकताको खाँचो रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीय निकायको निर्वाचनमा पार्टी जितेमात्र काँग्रेस बलियो हुन्छ, अनि मात्र काँग्रेसले कल्पना गरेको लोकतन्त्र बलियो हुन्छ ।”

नेरा बैङकका पूर्व गभर्नर डा तिलक रावलले सङ्घीयताले मात्र पिछडिएको क्षेत्र अगाडि आउन नसक्ने बताउँदै दुर्गम क्षेत्रको विकासका लागि विशेष कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने खाँचो रहेको बताउनुभयो ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतीलाल बोहराले अछामको विकास र विस्तारमा आफ्नो पूर्ण समर्थन रहने बताउनुभयो ।

कार्यक्रममा अछामको विकासमा उल्लेखनीय योगदान पुरियाउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा पूर्वगृहमन्त्री नेनबहादुर स्वाँर, पूर्वगभर्नर डा तिलक रावल, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक मोतीलाल बोहरा, नेत्र चिकित्सक डा चेतराज पन्त, प्राडा पद्मलाल देवकोटा र डा रुप खड्का हुनुहुन्छ ।