संघीय समाज, बेलायतको अध्यक्षमा कमल गुरूङ

लन्डन– संघीय समाजवादी फोरम निकट नेपाली संघीय समाज, बेलायतको दोस्रो महाधिवेशनले कमल गुरूङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अल्डरसटमा आइतबार भएको दोस्रो महाधिवेशनबाट निवर्तमान सल्लाहकार गुरूङको अध्यक्षतामा २८ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको सह अध्यक्षमा नरेश काङमाङ राई र बालकृष्ण राई, उपाध्यक्षहरूमा भानुभक्त राई, बसुन्धरा याक्खा राई, योगेश राई र पंकज बजगाईं चयन भएका छन् ।

महासचिवमा कमल राई, उपमहासचिवमा मिलनचन्द्र राई, सचिवहरूमा देवेन्द्र राई, विमलाकुमारी राई र दावा स्याङ्वो, कोषाध्यक्षमा जानुका राई, 
सह कोषाध्यक्षहरूमा होम सुनुवार र राजकुमार राई चुनिएका छन् ।

महाधिवेशनले सदस्यहरूमा सयकुमार राई, चन्द्रबहादुर गुरूङ, सुमित्रादेवी राई, इन्द्र गुरूङ, एम कुमार गुरूङ, दुर्गा गुरूङ, दीपेन्द्र गुरूङ, चन्द्र गुरूङ, शेर गुरूङ, आङ्दावा शेर्पा, रिञ्जी शेर्पा, फुर्वा शेर्पा र अमित थेवे चयन भए ।

पूर्व उपप्रधानमन्त्री तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा नेफेसो इञ्चार्ज आङकाजी शेर्पाको विशेष आतिथ्यमा महाधिवेशन उदघाटन भएको थियो ।