युएईमा ‘चोर बिरालो पल्क्यो’

Chor

रोजगारीका लागि युएईको अलऐनमा गएका नेपालीलाई समस्या पर्दा सहयोग गर्न राहत कोष स्थापनाका लागि वीर गोर्खाली राष्ट्रिय एकता साँझ सांस्कृतिक कार्यक्रम गरिएको छ । दसैँ र तिहारको अवसर पारेर युएईको अलऐनमा शुक्रबार भएको कार्यक्रममा नेपालबाट गएका कलाकारले आफ्नो प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गायक प्रकाश कटुवाल, गायिका शान्ति श्री परियार तथा हाँस्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) तथा अस्ट्रेलिया बाट स्‍मृति पोखरेल कार्यक्रममा सहभागी भएका थिए । गायक प्रकाश कटुवालले ‘यो रक्सीको गन्द’, ‘चोर बिरालो’, ‘आफू मात्रै रित्तो’ जस्ता चर्चित गीतहरु गाएका थिए भने बल्छि धुर्बेले माझीकै पहिरनमा व्यंग्यात्मक र सन्देशमुलक तरिकाले प्रस्तुती देखाएका थिए ।

 

त्यस्तै लोकगायिका शान्ती श्री परीयारले पछिल्लो समय चर्चामा रहेको ‘सातो फुक झाक्री बा’, गाईलाई दाम्लो माछिलाई फुर्लुङगो लगायतका आफ्ना चर्चित गीत गाएकी थिइन । कार्यक्रममा यूएईमा कार्यरत कलाकारहरु अनुराग थपलिया, रुद्र थापा, कमल कार्की, नम्रता तामाङ, अनिता गिरी, मेनुसा तामाङ, बिक्रम लामा, विक्रम परीयार, दिपक गुरुङ तथा सानु थापा, प्रदिप पुन मगर लगायतले आफ्नो प्रस्तुती प्रदर्शन गरेका थिए ।