हुम्ला, २२ कात्तिक । स्थानीय पहलमा हुम्लामा चिनियाँ इन्धन भित्रिएको छ । हिल्सा–सिमकोट मोटरबाटो निर्माण अबरुद्ध भएपछि स्थानीय प्रशासनले चिनिया अधिकारीलाई अनुरोध गरेपछि अनौपचारिक रुपमा नेपाली निर्माण व्यवसायीलाई इन्धन उपलब्ध गराएको हो ।
पहिलो चरणमा ३० हजार लिटर इन्धन भित्रिएको व्यवसायीहरुले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
तिब्बतको पुराङ्गकाउण्टीबाट वार्ताका लागी सिमकोट पुगेका चिनिया अधिकारीले अनौपचारिक रुपमा सघाउने प्रतिबद्धता पुरा गर्दै एक महिनापछि इन्धन पठाएका हुन् ।
‘निर्माण सामाग्री ओसार्न र डोजर लगायत उपकरण चलाउन इन्धन नपाएर काम ठप्प थियो’, हुम्लाका प्रमुख जिल्ला अधिकारी डा कृष्णचन्द्र घिमिरेले भने, ‘अघिल्लो महिना सिमकोटमा भएको सिमा बैठकमा कुरा राखेका थियौ । अहिले व्यवसायीले इन्धन पाएको बताएका छन् ।’







