लन्डन । बेलायतका विभिन्न शहरमा हुन गइरहेको नववर्ष शुभकामना सांझ २०७२ का लागि लोकप्रिय कलाकारहरु नायिका प्रियंका कार्की, गायिका अन्जु पन्त र आधुनिक एवं लोकगायक शिव परियार अप्रिल अन्तिम साता लन्डन उत्रने आयोजकले जनाएका छन् । । वीरेन खड्का, गणेश गुरुङ र जीवन अधिकारीको संयुक्त पहलमा कार्यक्रम हुन लागेको हो ।’ नववर्ष शुभकामना सांझको पहिलो शो आगामी २ मेमा अल्डरसटस्थित प्रिन्सेस् हलमा हुने तय भएको छ । दोश्रो शो ऊलवीचको न्यू वाइन चर्च हलमा ३ मेमा हुंदैछ । त्यसैगरि, ग्रीनफोर्ड टाउन हलमा ९ मे र अन्तिम शो फोकस्टोन केन्टमा १० मे मा हुने आयोजकले जनाएका छन् ।
चर्चित नेपाली कलाकार बेलायत आउंदै:







