लण्डन,
बेलायतमा सकृय गुल्मेली नेपालीहरुको साझा मंच गुल्मी जिल्ला समाज यूकेले यहि अप्रिल २६ तारिक आईतवार लण्डनको ब्लु आर्किड सभा कक्षमा संस्थाको बार्षिक साधारण सभा गर्ने भएको छ । संस्था द्वारा समाज संग आवद्द सबै सदस्यहरु लाई साधारण सभामा उपस्थितिको लागी अनुरोध गरिएको छ । यसैबीच गत आईतवार लण्डनमा साधारण सभा तयारीको लागी गुल्मी जिल्ला समाज युकेको कार्य समिति तथा सल्लाहकार हरुको बैठक सम्पन्न भएको छ ।
समाजका अध्यक्ष अर्जुन गौतमको सभापतित्वमा सम्पन्न उक्त बैठकमा साधारण सभाको तयारीका बिबिध बिषयमा छलफल भएको थियो । महासचिव राम गलामीले संचालन गरेको बैठकमा उपाध्यक्ष ओम गुरुंगले स्वागत मन्तब्य दिएका थिए । महासचिव राम गलामी, उपाध्यक्ष बिनोद ज्ञवाली तथा चौथो एम्बुलेन्स संयोजक मति प्रसाद पुनले भर्खरै समाजको तर्फ बाट जिल्लामा उपलब्ध गराईएको चौथो एम्बुलेन्स हस्तान्तरण सम्बन्धि अपडेट गरेका थिए । त्यसैगरी कोषाध्यक्ष टोप पल्लीले आर्थिक अपडेट, उपाध्यक्ष केशब भण्डारीले बिधान सम्बन्धि, सचिव शिव भण्डारीले आसन्न साधारण सभाको तयारी सम्बन्धमा बोलेका थिए । कार्यक्रममा कार्यसमितिकै मेडिया संयोजक फडिन्द्र भट्टराईले गुल्मी जिल्लाकै मृगौला पिडित मोहन रजालीको सहयोगार्थ साढे तिन लाख रुपैया संकलन भएको र उक्त रकम छिट्टै नेपालमा हस्तान्तरण गरिने बताए ।
कार्यक्रममा अधिकांश कार्यसमितिका पदाधिकारी एबम संस्थापक अध्यक्ष ओम प्रसाद थापा, सल्लाहकारहरु मोति राज भण्डारी, मिन दर्लामी, डाशु पाण्डे , गोकर्ण बस्नेत, खड्ग रेश्मी, राजेन्द्र श्रेष्ठ लगायतको सकृय सहभागितामा संस्थाको सहयोग परिचालन सम्बन्धि नीति निर्धारण सम्बन्धि ब्यापक छलफल भएको थियो । बैठकले आगामी परियोजना छनोट तथा शिफारिसको लागी क्षेत्रगत रुपमा संयोजन गर्न डाशु पाण्डे क्षेत्र न १ , राम सापकोटा क्षेत्र न २ तथा शिव भण्डारी क्षेत्र न ३ लाई संयोजनको जिम्मा दिने निर्णय समेत गरेको छ ।अध्यक्ष अर्जुन गौतमले बैठक समापन गर्दै उपस्थित सम्पूर्ण लाई धन्यबाद दिदै आगामी साधारण सभा सफल पार्ने कार्यमा लाग्न सबैलाई अनुरोध गरे ।






















