लण्डन । लोक दोहोरी गायिका धन कुमारी थापाको (सरु थापा) पछिल्लो कमेडी गीत “चुनाव हारियो “ सार्वजनिक भएको छ ।
संगीत क्षेत्रका अब्बल दुई श्रष्टा धन कुमारी थापा , पूर्णकला बि .सी र मनोज सिंह धामीको स्वरमा सजिएको यो गीत अन्य भन्दा केही फरक भएको गायिका थापाले बताईन् ।
उक्त गीतमा मनोज सिंह थापाले शब्द / लय भरेका छन् ।
पवन गौतमको छायाँकन रहेको गीतको सम्पादन / निर्देश्न शिव शर्मा ले गरेका छन् ।






