दुवै स्तन हटाएकी एन्जेलिनाले गर्भाशय पनि फ्याँकिन

क्यान्सरका कारण दुवै स्तन शल्यक्रिया गरेर हटाएकी हलिउड स्टार एन्जेलिना जोलीले गर्भाशय पनि फ्याँकेको खुलाएकी छिन्। न्युयोर्क टाईम्समा प्रकाशित एक लेखमा उनले क्यान्सरको खतरा बढेर ज्यान नै जोखीममा पुग्ने देखेपछी गर्भाशय नै शरिरबाट आउट गरेको उल्लेख छ ।
angelina-jollyगर्भाशय हटाउने निर्णय दिन सजिलो नभएको भन्दै उनले आफ्नो सन्तानले अब  मेरी आमा गर्भाशयको क्यान्सरले मरिन् भनेर भन्ने दिन कहिल्यै नआउने बताईकी छिन् ।क्यान्सरको कारण नै आमालाई गुमाएकी उनी पनि यही रोगको खतराका कारण पीडीत छिन् । समाचारमा जनाईए अनुसार ए्न्जेलिनाको रक्तपरीक्षण गर्दा क्यान्सरको खतरा देखिएकोले उनले अन्ततः गर्भाशयको नै शल्यक्रिया गराउने निर्णयमा पुगेकी थिईन् । ३९ वर्षीया यी स्टार नायिकाको शरीरमा बीआरसीए वन जिन भएकाले स्तन तथा गर्भाशय क्यान्सरको खतरा हुने समाचारमा उल्लेख छ ।