यस्तो बन्यो सन्तुको पञ्चेबाजा गीत ‘तम्घास बजार’ (भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षत्रमा छुट्टै पहिचान बनाएर सदाबहार चलिरहने लोकदोहोरी चर्चित गायक सन्तु थापा मगरले नयाँ गीत तम्घास बजार सार्वजनिक गरेका छन । पञ्चेबाजामा आधारित उक्त गीतमा सन्तु र निर्मला थापा मगरको स्वर रहेको छ भने बसन्त थापाको शब्द रहेको छ ।

पञ्चेबाजा नेपालको मौलिक बाजा भएकाले यसमा छुट्टै मिठास भएको धारणा राख्छन् सन्तु ।

यो गीतको छायाङ्कन पनि गुल्मीको जुभुङमा गरिएको थियो । सन्तुकै निर्देशन रहेको भिडियो रेसुङ्गा म्युजिकले बजारमा ल्याएको हो ।