पार्टी स्थापनाकाे तीन वर्षमै मन्त्री भएपछि

काठमाडौं, २५  असोज । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा एक राज्यमन्त्री थपिएका छन् ।

प्रधानमन्त्री ओलीले मधेस समता पार्टीका अध्यक्षसमेत रहेका सभासद् मेघराज नेपाली निषाधलाई राज्यमन्त्री नियुक्त गरेका हुन् । उनले सोमबार साँझ नै सपथ लिए ।

पर्साको धोरे निवासी ५६ वर्षीय नेपालीले ०६९ सालमा पार्टी स्थापना गरेका थिए ।

अस्वस्थ्य रहेका नेपाली मृगौलाको डायलासिस गर्दागर्दै संविधानमा हस्ताक्षर गर्न संविधानसभासम्म आएका थिए ।