लन्डन आइपुगे चर्चित कलाकार दुर्गेश थापा बद्री पंगेनी”तीज फर अ कज’ सेप्टेम्बर ११ मा

लन्डन । नेपालका चर्चित कलाकार दुर्गेश थापा, बद्री पंगेनी लन्डन आइपुगेका छन्।गायिका समीक्षा अधिकारी भने न्युजिल्यान्ड बाट लण्डन उडिसकेकी छन् उनि विहीबार मात्रै लन्डन आइपुग्ने कार्यक्रम छ।

बाढी–पहिरो पीडितको सहयोगार्थ इष्ट लन्डन म्यानर पार्क स्टेसनको नजिकै (५ मिनेट पैदल दूरीमा) अवस्थित ‘द रोयल रिजेन्सी’ भेन्यूमा  सेप्टेम्बर ११ मा आयोजना हुन लागेको ‘तीज for a Cause’ कार्यक्रमका लागि चर्चित कलाकार लन्डन आइपुगेका हुन्।

आयोजक मिलानोइर इभेन्ट्सको टोलीले विमानस्थलमै उनीहरूको भव्य स्वागत गरेको छ। कलाकारहरूको उपस्थितिले कार्यक्रमप्रति दर्शक तथा नेपाली समुदायमा थप उत्साह देखिएको आयोजकले जनाएको छ।

लन्डनस्थित मिलानोयर इभेन्टसको आयोजनामा सेप्टेम्बर ११ तारिख शुक्रबार  ‘तीज  कार्यक्रममा चर्चित गायक बद्री पंगेनी, गायिका समीक्षा अधिकारी र इ दुर्गेश थापाले सांगीतिक प्रस्तुति गर्नेछन् ।

टिकट सहि सर्च मार्फत् अनलाइन र  मिलानोयर इभेन्टसको इन्सटाग्राम अकाउन्ट मा उपलब्ध लिंकमा क्लिक गरेर पनि टिकट लिन सकिन्छ । टिकट शुल्क २० पाउण्ड छ ।

आयोजक ‘मिलानोयर इभेन्ट्स’लुभिका रिमाल निर्देशक रहेको कम्पनीको टीममा विप्लभ रिमाल र प्रकाश रानाभाट  छन्।

उक्त कार्यक्रमबाट संकलित कोष नेपालमा बाढी–पहिरोबाट प्रभावित पीडितहरूको राहत तथा पुनर्स्थापनामा खर्च गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *