सांसदहरूको आवास सुविधा रोक्का

;+;bdf 5nkmn hf/L k|wfgdGqL s]kL zdf{ cf]nLdfly Joj:yflksf–;+;bsf] ljZjf; 5}g eGg] cljZjf;sf] k|:tfjdf 5nkmn x'Fbf cfOtaf/ pkl:yt ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं – संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ ।

संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो ।

संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ। उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएकाले लेखा शाखाले यस्तो कदम चालेको हो ।