सिड्नीमा थप ९ जनामा कोरोना संक्रमण, क्रिसमसको समयमा सरकारद्वारा कडा प्रतिबन्ध लागू

सिड्नी । सिड्नीमा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । यो सँगै न्यू साउथ वेल्समा संक्रमितको संख्या ९८ पुगेको छ । हालसम्म १ लाख २४ हजार भन्दा धेरैको परिक्षण गरिएको छ ।

न्यू साउथ वेल्समा कोेरोनाभाइरस संक्रमण फैलदै जान थालेसंगै सरकारले कडा प्रतिबन्धहरु लगाउने भएको छ । अष्ट्रेलियाको ठूलो शहर सिड्नीमा संक्रमण फैलदै जाँदा सरकारले क्रिसमसको समयमा भिडभाड गर्न र अनावश्यक काममा बाहिर निस्कन प्रतिबन्ध लगाएको हो ।

क्रिसमस होलिडेमा सिड्नीबासीहरुले अधिकतम १० जना युवा पाहुनाहरुको जमघट हुन सरकारले अनुमति दिएको छ । जसमा १२ बर्षभन्दा मुनिका बालबालिाका र वृद्धवृद्धाहरुलाई समेटिएको छैन । प्रिमियर ग्लेडिस बेरेजिक्लिनले जोखिम बढेकोले २५ गतेदेखि २६ गतेसम्म प्रतिबन्धहरु लागू गरिएको जनाइन् ।

यसैगरी क्विन्सल्याण्डमा पनि संक्रमण बढीरहेको छ , भने साउथ अष्ट्रेलिया कोरोना संक्रमण नियन्त्रणमा राखेको जनाएको छ ।

Photo-GettyImages