सिड्नी । कोभिड-१९ को महामारीमा अष्ट्रेलियामा अध्ययनरत विद्यार्थीका तत्कालीन समस्यालाई मध्यनजर गर्दै धेरै संघ सस्थाहरुले सहयोग अभियान चलाएका थिए । त्यसमध्ये नेपाली कांग्रेसको प्रवाश संगठन नेपाली जनसम्पर्क समिति अष्ट्रेलिया अन्तर्गतको न्यू साउथ वेल्स (एनएसडब्लु) राज्य परिषद्ले पनि सहयोग अभियान सञ्चालन गरेको थियो ।
कोभिड-१९ को समस्यालाई मध्यनजर गर्दै पहिलो चरणमा गरिएको उक्त सहयोग अभियानले समस्यामा रहेका नेपाली विद्यार्थीलाई ठूलै राहतको पुगेको प्रभावित विद्यार्थीहरुले बताए ।
जे जति सामाजिक सङ्घसस्था तथा सामाजिक अभियान्ताहरूले आपतको बेला सहयोग लियर समस्यामा रहेका विद्यार्थी माझ पुग्न सके ती सबै धन्यवादका पात्रहरू हुन। पहिलो चरणमा काम ब्यवसायहरू ठप्प हुदा अष्ट्रेलियाभित्र विशेष गरी अन्तरास्ट्रिय विद्यार्थीले बिबिध समस्याको सामना समेत गरे । कोभिड १९ पछाडि हाल अष्ट्रेलियाको ब्यापार ब्यवसाय र जनजिवन सामान्य अवस्थामा फर्किरहेको पाहिन्छ।
महामारीको सुरूवाति अवस्थामा राहत कार्यक्रमको थालनी गरेको नेपाली जनसम्पर्क समिति एनएसडब्लुअष्ट्रेलियाले पहिलो चरणको सहयोग बितरण पश्चात् सबैभन्दा पहिला आम सर्वसाधारण तथा सहयोगदाताहरूका बिचमा निस्पक्ष एवम् पारदर्शी हिसाबले पहिलो चरणको खर्च बिवरणको जानकारी सार्बजनिक गरि आर्थिक पारदर्शिताको नमुना पेश गरेको छ। अभियानमा सहयोग गर्नुहुने सबै सहयोग दाता यबम सहयोगी सामाजिक ब्यक्तित्वहरू लाई धन्यवाद दिदै कार्यक्रमका संयोजक शितल खाण गिरिले पबित्र सामाजिक कार्यको लागि आउदा दिनहरूमा पनि जस्तोसुकै परिस्थितिमा समेत सदैव नेपाली समुदायका बिचमा रहने बताए ।
आर्थिक पारदर्शिता र ईमानदारिपुर्ण जिम्मेवारी का सवालमा सधै प्रष्ट रहने गिरिले सम्भवत सबैभन्दा पहिला आर्थिक हिसाबकिताब को पहिलो चरणको जानकारी सार्बजनिक गरेका छन्।
हालसम्म १ सय २५ जनालाई घरघरमै सहयोग बितरण गरिएको र अन्य लाई अहिले पनि सम्पर्क गरी बिबिध समस्या बुझ्ने, सल्लाह दिने र बढी समस्यामा देखिएका विद्यार्थीलाई सहयोग पुर्याउने कार्यसमेत जारी रहेको विद्यार्थी समन्वय संयोजक समित केसीले बताए। सहयोग कार्य ठुलोसानो नहुने वास्तवमा आपतमा पबित्र सोचका साथ चलाईने सहयोग अभियान र दाताहरूले खुल्ला हृदयबाट गरिने सहयोग नै पबित्र कर्म भएको बताउदै बोल्ने ओठ भन्दा यो बिपतमा ब्यक्तिगत या सस्थागत सहयोग गर्ने तिसबै सङ्गसस्थाहरू धन्यवादका पात्र भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि भोलिका दिनमा समेत विद्यार्थीका समस्यामा सङ्गै रहने केसीले बताए ।
१ सय २५ जनालाई प्रति ब्यक्ति ३५ डलरका दरले सहयोग सामाग्री वितरण गरिएको थियो । हालसम्मको खर्च ४ हजार ३ सय ७५ डलर भएको छ। जम्मा ६३ जना सहयोगी दाताबाट कुल रकम ५ हजार ४० डलर संकलन भएको थियो । अब बाँकी ६ सय ६५ डलर संस्थाको खातामा सुरक्षित रहेको संयोजक शीतल खाण गिरिले जानकारी दिए ।
यसपछि बचत रकमबाट पुन दोश्रो चरणको सहयोगलाई प्रभाबकारी रुपमा निरन्तरता दिने, रकम नपुग भए पुन: उठाइने र कार्यक्रमको समाप्तिमा सबै रकमको विवरणसहित हिसाबकिताब सार्बजनिक समेत गरिने संयोजक गिरिले बताए ।
हालसम्म कुन कुन विद्यार्थीले सहयोग लिए भन्ने सवालमा प्रभावित विद्यार्थी कै अनुरोधमा सबै सहयोगी सस्थाहरुले विद्यार्थी नामावली गोप्य राखिएको छ । यदि सरोकारवाला कोही कसैलाई जिज्ञासा भएमा सम्पर्क गरेमा सहयोग लिने सबै विद्यार्थीको नाम विवरण सहित सम्पर्क नम्बर सुरक्षित रहेको र सम्बन्धित विद्यार्थीलाई नै सम्पर्क गर्न सकिने गरी ब्यवस्थासमेत मिलाइएको नेपाली जनसम्पर्क समिति एनएसडब्लुले जनाएको छ ।






