अस्ट्रेलियाको सिड्नी र मेलबर्नमा दुई नेपाली मृत भेटिए, शव नेपाल पठाउने तयारी

सिड्नी । अष्ट्रेलियामा दुई नेपाली युवाको मृत्यु भएको छ । सीड्नी र मेलवर्नमा दुई नेपाली युवा मृत भेटिएका हुन् ।

उदयपुर घर भइ काठमाडौंमा बसोबास गर्दै आएका २३ बर्षीय रविन आचार्यको बुधबार सिड्नीस्थित आङ् क्लिप स्टेसनमा ट्रेनम बेहोस भएर मृत्यु भएको एनआरएनए प्रवक्ता नन्द गुरुङ्गले जानकारी दिए ।

ट्रेनमा एक्कासी बेहोस भएका उनलाई नजिकैको कोग्रा अस्पताल लगिएको भएपनि डाक्टरहरुले मृत घोषणा गरेका थिए । उनको मृत्यु के कारणले भएको होे भन्ने बिषय यकिन हुन सकेको छैन । उनको पाष्टमार्टम रिपोर्ट आएपछि मात्र अरु डिटेल थाहा हुने प्रवक्ता गुरुङले बताए ।
‘रकम संकलन गरेर भाइको पार्थिव शरीर नेपाल पठाउने तयारी गर्दैछौँ’, उनले भने ‘यसको लागि यहाँस्थित नेपाली संघसंस्थासंग समन्वय भइरहेको छ ।’

विराटनगरमा प्लस टु पढेर तीन वर्ष अगाडि अस्ट्रेलिया आएका उनी सिड्नीको एबी कलेजमा इन्जीनीयरीङ गरिरहेको उनीसँगै बस्ने साथी कृष्ण अधिकारीले जानकारी दिए ।

उनी आफ्ना भाइ सविन सहित चारजनासँग सिड्नीमा बस्दै आएका थिए। उनको शव नेपाल पठाउनकोे निम्ती अर्थ संकलन भइरहेको छ । जसको लागि आर्थिक सहयोग गर्न चाहनेहरुले निम्न विवरणअनुसार सहयोग गर्न सक्नेछन् ।

यस्तै मेलवर्नमा पनि अर्का नेपाली युवा मृत भेटिएका छन् ।

सिन्धुपाल्चोक, मेलम्चीमा घर भई मेलबर्नको रक्सवर्गपार्कमा कोठा लिई बसोबास बस्दै आइरहेका कौशल खतिवडा मृत भेटिएका हुन् ।

फेब्रुअरी २ मा उनी भाडामा लिएको होेटलको बाथरुममा मृत भेटिएको जनाइएको छ । भिक्टोरिया प्रहरीले उनको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान शुरु गरेको छ ।

यता उृनको परिवारले भने उनको शव नेपाल पठाइदिन अपिल गरेको छ । जसको लागि एनआरएनए भिक्टोरियाले आवश्यक पहल गरिरहेको जनाएको छ । खतिवडा पनि अन्य पाँच जना विद्यार्थी सँगै बस्दै आएका थिए ।

अष्ट्रेलियामा अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको अवस्थामा यसप्रकारका दुखःद घट्नाहरु प्नि बढ्दै गएका छन् ।