लन्डन । गैरआवासीय नेपाली सँघ यूकेले नेपाल हाउस निमार्णको प्रकृयालाई तिब्र पारेको छ । शनिबार फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा बेलायतका करिब दुई दर्जन संघसंस्थाका प्रतिनिधिसंग छलफल गरेको छ । केही दिन अघि दूतावास भवन पुगेर नेपाल हाउस प्रोजेक्टका लागि राजदूतसंग सहयोग मागेको संघले नेपाल हाउस अभियानकै क्रममा फार्नबोरोमा संघसंस्थाका प्रतिनिधिसंग छलफल गरेको हो ।

यसै बीच गैरआवासीय नेपाली सँघ यूकेले जग्गा खरिद प्रकृयाका बिषयमा बिभिन्न संघसँस्थाहरुसँग राय मागेको छ ।पहिलो चरणमा जग्गा खरिद गर्ने भएको छ ।
नेपाली कला, संस्कृति झल्काउने उद्देश्यसहित बनाउन लागिएको नेपाल हाउसमा ६ सय जना अट्ने सम्मेलन कक्ष, लाइब्रेरी, क्याफे, सोभिनियर सप, गोर्खा संग्रहालय, बैठक कक्ष, दुई सय कार र दुई वटा बसका लागि पार्किङ व्यवस्था, डबल बेडरुमको १६ अतिथी आवास कोठा आदि राख्ने लक्ष्य लिइएको छ ।
करिब अढाइ मिलियन पाउण्ड लागतमा बनाउन लागिएको नेपाल हाउस हालसम्म एक लाख ७५ हजार पाउण्डको प्रतिवद्धता आइसकेको एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा अध्यक्ष मुछेत्र गुरुङ, महासचिव विजयविक्रम लिंग्देन, युरोप संयोजक कुल अचार्य, पूर्व अध्यक्ष सूर्य गुरुङ ,उपाध्यक्ष शान्ति थापा कुँवर,थर्क सेन, पत्रकार बाचस्पति रेग्मी, प्रबक्ता खुशी लिम्बु,सोसाइटी अफ नेपलिज इन्जिनियर्स यूके अध्यक्ष घनश्याम पौडेल, व्यवसायी कमल भण्डारी लगायतले नेपाल हाउस प्रोजेक्टको अवधारणा, यसको दीर्घकालिन फाइदा, लगानी जुटाउन चुनौती र अन्य विभिन्न आयामबारे प्रष्टयाएका थिए ।







