पोर्चुगलमा कोरोना संक्रमित सङख्या घट्दै, सुधार सङख्यामा उल्लेखनिय बृद्धि

लिस्बन-
पोर्चुगलमा कोरोना भाईरस बाट पछिल्लो २४ घण्टामा १७३ जना संक्रमित भएका छन् । पोर्चुगलको स्वाथ्य महानिर्देशनालयले (डिजिएस ) जारी गरेको विज्ञप्ति अनुसार हाल सम्म पोर्चुगलमा कोभिड-१९ संक्रमितको संख्या २९२०९ पुगेको छ । त्यस्तै  पछिल्लो २४ घण्टामा पोर्चुगलमा कोरोना बाट ज्यान गुमाउनेको संङख्या १३ रहेको छ भने अहिले सम्म १२३१ जनाले ज्यान गुमाई सकेका छन्।

पोर्चुगलमा कोरोना बिरामीहरुको स्वास्थ्यमा उल्लेखनीय रुपमा सुधार भएको छ । अहिले सम्म ६४३० जना बिरामी निको भइसकेका छन् ।पछिल्लो २४ घण्टामा मात्रै १७९४ जना संक्रमितको स्वास्थ्यमा सुधार आएको छ । यो सङख्या पोर्चुगलमा अहिले सम्मकै उच्च हो ।

पोर्चुगलको उत्तरी क्षेत्र एक हो जहाँ संक्रमीतको सङख्या उच्च रहेको छ । त्यहाँ अहिले सम्म १६३९६ जना संक्रमित र मृत्यु ६९८रहेको छ । त्यस्तै केन्द्रमा ३६२८ संक्रमित र २२३  मृत्यु  त्यस्तै लिस्बन र ट्यागस उपत्यका क्षेत्रमा ८३६१ संक्रमित र २७९ मृत्यु ।अलेन्तेजोमा एक जनाको मृत्यु र २४३ संक्रमित रहेका छन् ।एल्गार्भ क्षेत्रमा ३५६ संक्रमित र एक जनाले ज्यान गुमाएका छन्।

आसोरेसमा १३५ मा कोरोना लक्ष्ण देखिएको छ भने १५ जनाको मृत्यु भएको छ । त्यस्तै मदेईरामा कोविड १९ बाट ९० जना संक्रमित भएका छन्  भने मृत्यु संङख्या शुन्य रहेको छ ।