पोर्तुगलमा हालसम्म ४२ जना नेपालीलाई कोरोना संक्रमण ।

लिस्बन ।

पोर्तुगलमा हालसम्म ४२ जना नेपालीलाई कोरोना संक्रमण भएको छ । कोरोना प्रभावित तथ्याङ्क सङ्कलन उपसमितिका अनुसार संक्रमितमध्ये १९ जना निको भएर सामान्य जीवनमा फर्केका छन् । अन्य ३२ संक्रमितमध्ये चारजना अस्पतालमा रहेका छन् । ६ जना सरकारले स्थापना गरेको अस्थायी शिविरको क्वारेन्टाइनमा रहेका छन् भने बाँकी १३ जना आफ्नै अपार्टमा आइसोलेशनमा बसेका छन् ।

हालसम्म लिस्बनमा २९ जना, सान्तराइमा आठजना, फारो, ताभिरा, भिल्ला फ्राङ्का दि जिरा, पोर्तो र साओ तेओतोनिओमा एक एकजना संक्रमित भएका छन् । तीमध्ये लिस्बनका ११ जना, सान्तराइका ६ जना, फारोका एक र ताभिराकाका एकजना संक्रमित निको भएर सामान्य जीवनमा फर्केका छन् । लिस्बनमा दुई जना, भिल्ला फ्राङ्का दि जिरा र साओ तेओतोनिओका एक एकजना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । source.namastenepali.com