काठमाडौं– संघीय सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि मंगलबार पहिलो वार्षीक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको बजेट सिलिङ आसपास रहेर बजेट आउने अर्थ मन्त्रालय श्रोतले जनाएको छ ।
सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले अपराह्न ४ बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट घोषणा गर्दैछन् । संघीय सरकारले ल्याउने पहिलो बजेट भएकाले पनि यस पटकको बजेटलाई चासोका साथ हेरिएको छ । त्यस्तै कर्मचारीलाई उत्साहित बनाउन पनि उनीहरुको तलवभत्ता बढाउने गरी बजेट निर्माण गरिएको बताइएको छ । यसअघि कर्मचारीको तलव बढाउने कि नबढाउने भन्नेमा विवाद देखिएको थियो ।
त्यसअघि आजै बजे बस्ने मन्त्रिपरिषद बैठकले अर्थमन्त्रालयले तयार गरेको बजेट तथा कार्यक्रम पास गर्नेछ ।
त्यसका लागि मन्त्रिपरिषद बैठक २ बजे बोलाइएको छ । सत्तारुढ दलले यसअघि निर्वाचनमा जाँदा घोषणा गरेका प्रतिबद्धतालाई बजेको मुख्य आधार बनाइएको छ । जलमार्ग, रेलमार्ग लगायतका पूर्वाधार विकासलाई पनि बजेटमा मुख्य प्राथमिकता दिइएको बताइएको छ ।






