लन्डन । बेलायतमा रहेका नेपालीहरुबीच दौड प्रतियोगीता पिपल नेपाल रन हुने भएको छ । पीपल मोर्गेजेजको प्रायोजन हुने प्रतियोगिता अप्रिल २७ तारिखमा बेलायतको बेजिंगस्टोकस्थित शेरफिल्ड ओक मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विभिन्न चरणमा प्रतियोगीहरुबीच दौड प्रतियोगीता सञ्चालन गरिनेछ । जसअन्तर्गत १५ वर्ष उमेर माथि समुहका व्यक्तिहरुबीच ५ हजार मिटर दौड प्रतियोगीता आयोजना गरिएको छ । प्रतियोगिताको विजेतालाई पुरस्कार सहित ट्रफीहरु प्रदान गरिनेछ ।
त्यस्तै सोही अवसरमा १३ वर्ष उमेर समुह सम्मका बालबालिकाहरुको २ हजार मिटर दौड प्रतियोगीताको आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेतालाई पुरस्कार ट्रफीहरु प्रदान गरिनेछ ।
खेल मानव स्वास्थ्यको महत्वपूणर् पाटो भएकाले खेल र खेलाडीको प्रोत्साहन तथा स्वस्थ जीवनका लागि खेलकुद कार्यक्रमको आयोजना गरिएको पीपल मोर्गेजेजका निर्देशक सुर्यप्रकाश गुरुङले बताए ।
बेलायतमा आफ्नो व्यवसायसगैं विभिन्न चरणमा खेलकुद र स्वास्थ्यको क्षेत्रमा कार्यक्रम गर्दै आईरहेको पिपल मोर्गेजेजले नेपालीहरुबीच भातृत्वको भावना विकास गर्दै खेलकुद मार्फत स्वस्थ जीवन निर्माणका लागि कार्यक्रम आयोजना गरेको बिजनेस प्रबन्धन प्रमुख सागर गुरुङले लन्डन नेपाल न्युज लाई जानकारी दिए ।
आयोजकले बेलायत भरका ईच्छुक नेपालीलाई सहभागिताको लागि आव्हान गरेको छ ।
प्रतियोगितामा सहभागी बन्न ईच्छुक खेलाडीहरुले www.nepalrun.org
बाट आवेदन दिन सक्नेछन् ।






