तक्दीर अधिकारी
सिड्नी । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयोगी ठानिएको निःशुल्क वेभनार सञ्चालन हुने भएको छ । अस्ट्रेलिया सरकारको सहयोगमा स्टुडेन्ट जब अस्ट्रेलिया र काउन्सिल अफ इन्टर्नेस्नल स्टुुडेन्ट अस्ट्रेलिया मिलेर इनसाइडर गाइड्स को सहयोग मा वेभनारको आयोजना गरिएको हो ।
विद्यार्थी नेता तथा (सिसा) का पूर्वप्रेसिडेन्ट विजय सापकोटाका अनुसार वेभनारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई चाहिने सूचनाहरु उपलब्ध हुनेछन् । विशेषतः अन्तर्राष्ट्रिय विद्यार्थीका लागि गरी जागीर र विद्यार्थीको भविष्यसम्बन्धी सूचनाहरु उपलब्ध गराइने छ । अस्टे«लियामा अन्तर्राष्ट्रिय विद्यार्थीको भविष्य कस्तो छ, चुनौतिहरु के छन् ? कोभिड–१९ पछि अन्तर्राष्ट्रिय विद्यार्थीलाई जागीर उपलब्ध गराउनका लागि नीति निर्माण तहमा के–के कुरा भइरहेको छ भन्ने बारेका जानकारी वेभनारमा उपलब्ध गराइने छ ।
२२ मार्चमा बिहान १० बजेदेखि ११ः३० बजेसम्म सञ्चालन हुने यो वेभनारमा माननीय फिल होनिउड र रिबिका हल आफ्नो विज्ञता प्रस्तुत गर्ने छन् । इन्साइडर गाइडका प्रवन्ध निर्देशक जेम्स मार्टिनले सञ्चालन गर्ने उक्त कार्यक्रममा माननीय फिल होनिउड इन्टरनेशनले एजुकेशन एसोसिएसन अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत हुन भने रेविका हल अन्तर्राष्ट्रिय शिक्षा उद्योगको विज्ञ मानिन्छन् ।
पछिल्लो परिस्थितिमा रोजगार कटौती भइरहेका बेलामा नीति निर्माण तह र राष्ट्रियस्तरमा के–के भइरहेको छ भन्ने कुराको जानकारी गराइने सिसाका पूर्वअध्यक्ष सापकोटाले बताए । उनले भने, ‘पहिलेको अवस्था हो भने यस्तो इभेन्टमा संलग्न हुन १ हजार डलर भन्दा बढी तिरेर सहभागी हुनुपथ्र्यो, कोभिड–१९ ले गर्दा अनलाइनमार्फत् कार्यक्रम हुने भएकाले निःशुल्क राखिएको छ ।’
कार्यक्रममा सहभागिताका लागि पहिला दर्ता गर्नुपर्छ । सिट सीमित भएकाले दर्ता प्रकृया गरिएको हो । दर्तापछि लिंक उपलब्ध गराइन्छ, त्यो लिंकमा गइसकेपछि कार्यक्रममा सहभागी हुन पाइन्छ । सापकोटाका अनुसार अहिलेसम्म १ हजार जनाले दर्ता गरिसकेका छन् । शुक्रबारसम्ममा २ हजार जनासम्मले सहभागिता जनाउने पाउने छन् । अहिले सम्म धेरै दर्ता भए पनि नेपालीको सहभागीता धेरैनै कम छ जोकोही पनि दर्ता प्रकृयामा गएपछि कार्यक्रममा सहभागी हुन पाइन्छ तर सबैले भर्चुयल कार्यक्रम हेर्न पाउने छन् ।
यो वेभनार अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अत्यन्त उपयोगी ठानिएको छ, यो वेभनारले कलेज र एजुकेशन कन्स्लटेन्सीले उपलब्ध गराउने सूचनाभन्दा पृथक र अति उपयोगी जानकारी प्राप्त हुने भएकाले कार्यक्रममा सहभागी हुँदा फाइदै पुग्ने बताइन्छ । विद्यार्थी लगायत सञ्चारकर्मी अथवा नेपाली समाजमा काम गर्ने लब्ध प्रतिष्ठित र एजुकेशन कन्सेल्टेन्सीहरु सहभागी हुँदा उपयोगी हुने भएकाले सिसाका पूर्व प्रेसिडेन्ट सापकोटाले सबैलाई सहभागिताका लागि अनुरोध गरेका छन् ।
सहभागिताका लागि यो लिंकमा क्लिक गर्नुस् ।






