पोखरा – पोहोर घुम्नुपर्ने ठाउँमध्ये नेपाललाई उत्कृट १० सहर (मुलुक) भित्र पारेको विश्वचर्चित पत्रिका फोर्ब्सले यसपटक नेपाल जाने उपयुक्त समय आएको भन्दै विदेशीलाई नेपाल घुम्न सल्लाह दिएको छ ।
भूकम्पले नेपालमा क्षति पुर्याएको र पीडितको सहयोगका लागि विदेशीको भ्रमण आवश्यक भएको फोर्ब्समा प्रकाशित आलेखमा उल्लेख छ । आलेखमा पर्यटकको भ्रमण प्याकेज सार्वजनिक गर्दै नेपाल घुम्ने गतिलो अवसरका रुपमा अहिलेको समयलाई चित्रण गरिएको छ ।
फोर्ब्समा बेन्ना विल्सनले लेखेको आलेखमा नेपाल घुम्न विदेशीलाई आह्वान गरिएको छ ।






